२०७८ आश्विन ३१

सप्तरी- सप्तरीमा थप ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

बिहीबार मात्रै सप्तरीको छिन्नमस्ता गाउँपालिका र राजविराज नगरपालिका गरी जिल्लामा १० महिला र २२ जना पुरुष गरी ३२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

छिन्नमस्ता गाँपालिकाका वडा नम्बर २ का २७ वर्षीय एक महिला रहेका छन् भने २५, ३२ वर्षीय र एक जनाको उमेर नखुलेको पुरुष रहेका छन् ।

त्यसै गरी राजविराज नगरपालिकाका विभिन्न वडा गरी नौ जना महिला र १९ जना पुरुष गरी जिल्लामा ३२ जना नयाँ सङ्क्रमित थपिएको छ ।

योसँगै जिल्लामा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ९७२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर