२०७८ कार्तिक ६

सिरहा- सिरहाको गोलबजारमा करिब एकसय अतिविपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

लकडाउनका कारण गरिव, असहाय, अतिविपन्न तथा निमुखाहरुको चुलो निभेपछि स्थानीय युवाहरुले सहयोग संकलन गरेर उनीहरुलाई खाद्यान्न बाँडेका हुन् ।

गोलबजार नगरपालिका-१० धोवियाधारका करिब एकसय अतिविपन्न परिवारलाई चामल, दाल, सोयाविन, नुन, तेल, भुजा, दालमोठलगायतका खाद्यान्न वितरण गरिएको स्थानीय युवा जयगणेश सिंहले जानकारी दिए ।

यस्तै उनीहरूले लकडाउनको समयमा छाक टार्न समस्या परेकाहरुको लागि गत भदौ १६ गतेदेखि नै गोलबजारमा फुड बैंक संचालनमा ल्याएका छन् । लकडाउन र निषेधाज्ञाले काम गरी खानेहरुले काम नपाउँदा भोकै बस्न बाध्यभएकाहरुको लागि सो फुड बैंक सञ्चालन गरिएको हो । फुड बैंकमा चामल, तेल, नुन, दाल, सोयाबिन, भुजा (मुरही) र मास्क बितरण गरिरहेको बताइएको छ ।

‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ मूल नारासहित स्थानीय युवाहरूले नीजि स्तरबाटै फूड बैँक सँचालन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर