२०७८ कार्तिक ६

धनुषा- धनुषाको मिथिला नगरपालिकामा नयाँ मोबाईल मल सञ्चालनमा आएको छ । शनिवारदेखि ढल्केवरस्थित पूर्वचौकमा नमस्ते मोबाईल मल सञ्चालनमा आएको हो ।

सो मोबाईल मलको मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो र मिथिला उद्योग वाणिज्य संघका अध्यक्ष संतोष साहले संयुक्त रूपमा रिवन काटेर उद्घाटन गर्नुभएको हो ।

मलमा सम्पुर्ण कम्पनीको मोबाईल, मोबाईल एक्सोसेरिज, पार्टस तथा ईलेक्ट्रोनिक्स समानहरुको थोक तथा खुद्रा बिक्री गरिने मलका सञ्चालक शिव कुमार महतोले बताउनुभयो । उहाँले विजया दश्मी, दिपावली तथा छठ पर्वको अवसरमा हरेक मोबाइलको खरिदमा आकर्षक उपहार तथा विशेष छुटको व्यवस्था गरिएको समेत जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर