२०७८ कार्तिक १

ढल्केवर- धनुषाको मिथिला नगरपालिका वडा नं–३ हरिहरपुरका २४ बर्षिय सन्जित भनेर चिनिने श्रवण कुमार महतो विगत ४ दिनदेखि बेपत्ता भएका छन् ।

गत कात्तिक १४ गते शुक्रवारका दिन जनकपुर जाने भनि घरबाट निस्किएकोमा सोही दिनदेखि सम्पर्क विहिन भएका हुन् । वेपता युवकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

‘दिगम्बरपुरका एकजनासँग उसले पैसा लिएको थियोु उनका दाई सन्तोषले भने, ुत्हीँ पैसा दिन उ महेन्द्रनगरमा बसबाट उत्रिएका थिए । त्यसको १० मिनेटपछि फोन गर्दा फोन लागेन् । सायद कसैले अपहरण गरेको हुनसक्ने उनको आशंका छ ।

यसअघि गत भदौं ३० गते जनकपुर पसलको लागि सामान ल्याउन गएको बेला वेपता भएका थिए । बेपता भएको दुईदिनपछि उनलाई धनुषाको दक्षिणपूर्वी गाउँका स्थानीयहरुले उद्वार गरेर प्रहरीमा जिम्मा लगाएका थिए । सो घटना भएको दुई महिना नवित्दै फेरी पनि संजित बेपता भएपछि उनको सिंगो परिवार चिन्तामा डुबेका छ ।

बेपत्ता युवकको खोजी कार्यमा सहयोग गर्न सबैपक्षसंग उनका परिवारले आग्रह गरेका छन् । युवकलाई कसैले देख्नु वा भेट्नु हुने महानुभावले नजिकको प्रहरी कार्यालय वा बेपता युवकका दाइ सन्तोष कुमार महतोको मोबाईल नम्बर ९८२८००००५३ मा सम्पर्क गरि आवश्यक सहयोग गर्न अनुरोध गरिएको छ । साभारः द पब्लिक टुडे

प्रतिक्रिया

सम्बन्धित खवर